
बजेट सुनिश्चित नभएपछि राजमार्ग बन्नेमा ढुक्क भएन स्याङ्जा,
अर्थमन्त्री सचिवालयले भन्यो-सिद्धार्थ राजमार्ग बन्यो-बन्यो ।
अकला सम्वाददाता
सिद्धार्थ राजमार्गको अमुर्त बजेट व्यवस्थापन बारे अर्थमन्त्री बिष्णु पौडेल सचिवालय र सडक विभाग सम्बद्ध अगुवा सरोकारवाला पक्षसँग कुराकानी गरिरहेका छौँ ।
अर्थमन्त्री पौडेलको सचिवालयका अनुसार दुई वैदेशिक निकायहरु संग ऋण व्यवस्थापन गरेर राजमार्गको काम सुचारु हुनेमा विश्वस्त हुन अनुरोध गरेका छन् । एडिबी,एआईआईबी नामक दुई वैदेशिक बैंकहरु संग सम्बाद सकिएको र लिखित सम्झौता गर्न मात्रै बाकी रहेको बुझिएको छ ।
बजेटको ठोस व्यवस्थापन किन नभएको भन्ने हाम्रो प्रश्नमा अर्थमन्त्रीको सचिवालयले भन्यो-: ढुक्क हुनुस्,राजमार्ग बन्यो-बन्यो ।
केही ऋणको ब्याजदर र कानुनी पक्षको बारेमा अन्तिम छलफल मात्रै बाकी छ तर ऋण व्यवस्थापन ढुक्क भयो ।
अकला आवाजले सडक डिभिजन सम्बद्ध निकाय संग सम्पर्क गर्दा स्रोतका अनुसार एडिबीले ५ प्रतिसतमा ऋण लगानी गर्न इच्छुक थियोे तर अर्थमन्त्री पौडेलले एडिबीलाई ३ प्रतिसतमा ऋण दिन अनुरोध गरेका थिए । एडिबी संग ऋण सम्बाद चलिरहेको बेला दक्षिण कोरियाले समेत सिद्धार्थ राजमार्गमा लगानी गर्न इच्छा देखाएको थियोे । तर ठोस निर्णय भने भएको थिएन । पछिल्लो समय सबैको जोडबलले राजमार्ग बन्नुपर्छ भन्नेमा एकमत नै थिए ।
तसर्थ हामीले खबरदारी जारी पनि राखौं र पहल पनि गरौँ ।
सरोकारवाला निकायले गम्भीरतापूर्वक स्याङ्जाको भबिस्य सोचेर राजमार्ग स्तरोन्नतिका लागि जुटौं ।
यद्यपि बलियो खबरदारी गरौँ । आश्वासन र काम नेपालमा धेरै मेल खाएको इतिहास छैन् ।