Syangja Update Communication
गल्याङमा तेस्रो गल्याङ ट्यालेन्ट सो २०८२"कार्यक्रम सम्पन्न "

गल्याङमा "तेस्रो गल्याङ ट्यालेन्ट सो २०८२”कार्यक्रम सम्पन्न "
गल्याङ नगरपालिकाका नगरप्रमुख तथा नगर शिक्षा समिति अध्यक्ष गुरु प्रसाद भट्टराई को अध्यक्षतामा गल्याङ नगरपालिका नगर कार्यपालिका को आयोजनामा  नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विधालयमा अध्ययनरत विधार्थीहरु केन्द्रित “तेस्रो गल्याङ ट्यालेन्ट सो २०८२”कार्यक्रम सम्पन्न भएको छ।
नगरपालिकाले तेस्रो पटक गल्याङ ट्यालेण्ट शो कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख गुरुप्रसाद भट्टराईले विधार्थीहरुमा रहेको अन्तरनिहित क्षमता,प्रतिभाहरुको प्रस्फुटन गराउन कार्यक्रम गरिएको बताउनुभयो । विधार्थीहरु लाई कितावी ज्ञान सँगै अतिरिक्त क्रियाकलापमा जोड दिनु पर्ने उहाँको भनाई छ । गल्याङको शिक्षालाई थप उत्कृष्ट बनाउन आफूहरु सक्रिय रहेको भन्दै नगरप्रमुख भट्टराईले शिक्षाको गुणस्तर सुधार गर्न सवैले योगदान दिनु पर्ने बताउनु भयो ।
तेस्रो गल्याङ ट्यालेन्ट सो २०८२ कार्यक्रम अन्तर्गत एकल पठन सीप प्रतियोगिता नेपाली(३–५),एकल पठन सीप प्रतियोगिता अग्रेंजी (३–५),हस्तलेखन प्रतियोगिता अग्रेजी(६–८),हस्तलेखन प्रतियोगिता नेपाली (३–५),चित्रकला प्रतियोगिता (४–८),वक्तृत्वकला प्रतियोगिता (८–१२),कविता लेखन तथा बाचन प्रतियोगिता (८–१२),एकल हाजिरी जवाफ प्रतियोगिता (८–१२),एकल गायन प्रतियोगिता (८–१२) प्रतियोगिता हरु सम्पन्न भएका हुन् ।
विधार्थीहरुमा रहेको अन्तरनिहित क्षमता प्रतिभाहरु को प्रस्फुटन गर्ने हेतुले नगरपालिका भित्र रहेका सामुदायीक र संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा तेस्रो गल्याङ् ट्यालेन्ट शो २०८२ कार्यक्रम आयोजित गरिएको हो । 
यहि मिति २०८२-०२-८ र ९ गते सञ्चालन भएको प्रतियोगितामा कक्षा १ देखी कक्षा १२ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो।
Galyang Talent Show २०८२ मा सञ्चालित प्रतियोगिताहरु एकल पठन सीप प्रतियोगिता नेपाली (कक्षा३-५) मा ४८ विधालय,
एकल पठन सीप प्रतियोगिता अंग्रेजी (३-५) मा ३८ विधालय
हस्तलेखन प्रतियोगिता नेपाली (३-५) मा ४१ विधालय
चित्रकला प्रतियोगिता (४-८) मा २४ विधालय,हस्तलेखन प्रतियोगिता अंग्रेजी (६-८) मा २० विधालय,
वक्तृत्वकला प्रतियोगिता (६-१२) मा १४ विधालय,
कविता लेखन तथा वाचन प्रतियोगिता (८-१२) मा ११ विधालय,
एकल हाजिरी जवाफ प्रतियोगिता (८-१२) मा १८ विधालय,
एकल गायन प्रतियोगिता (८-१२) मा १७ विधालय सहभागी रहेका थिए।
गल्याङ नगरपालिका शिक्षा ,युवा तथा खेलकुद शाखा का प्रमुख हिमाल भण्डारी को सञ्चालन मा सम्पन्न कार्यक्रम मा नगर उपप्रमुख हेमा न्यौपाने,विभिन्न वडा का वडा अध्यक्षहरु,कार्यपालिका सदश्यहरु,नगर शिक्षा समिति का सदश्यहरु,विभिन्न विधालय का प्रधानाध्यापक,शिक्षकहरु र सयौं विधार्थीहरु को उपस्थिति रहेको थियो ।1000020206-1748015996.jpg
1000020218-1748016044.jpg
1000020206-1748016080.jpg
 

प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०८२  २१:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update