Syangja Update Communication
जन्मदिनको अवसरमा कक्षा १० का विद्यार्थीलाई १०० गीता वितरण


स्याङ्जा ।
Pioneers Higher Secondary School मा अध्ययनरत कक्षा १० का विद्यार्थीहरूलाई १०० प्रति श्रीमद्भगवद्गीता वितरण गरिएको छ।
आज मिति २०८२/१०/०८ गते आफ्नो जन्मदिनको अवसर पारेर अशोक गैह्रे ले विद्यालयमा गीता वितरण गर्दै जन्मदिन मनाउनुभएको हो। केक काटेर भन्दा फरक र अर्थपूर्ण रूपमा गीता पुस्तक बाँडेर जन्मदिन मनाइएको उहाँले बताउनुभयो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मेगराज गैह्रे ले गीता को महत्व, यसको ज्ञान तथा जीवन उपयोगिताका बारेमा जानकारी दिनुभयो। साथै गीता ले मानिसलाई सही मार्गमा हिँड्न र नैतिक जीवन जिउन सहयोग गर्ने बताउनुभयो।
त्यसैगरी विद्यालयका उपप्रधानाध्यापक केशव राज भट्टराई ले गीता ले जीवन जिउने कला सिकाउने उल्लेख गर्दै यसरी जन्मदिन मनाइएकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले यस्तो कार्यले विद्यार्थीहरूमा नैतिकताको विकास हुनुका साथै समाजमा सकारात्मक सोच फैलिने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा विश्व हिन्दु युवा संघ, स्याङ्जा जिल्ला का अध्यक्ष नवराज पौडेल ले मानिसले कहिल्यै पनि आफ्नो धर्म, संस्कृति र धरातल बिर्सन नहुने कुरामा जोड दिनुभयो।
उक्त कार्यक्रम विश्व हिन्दु युवा संघ, स्याङ्जा जिल्ला को समन्वयमा सम्पन्न भएको थियो।
कार्यक्रमको अन्त्यमा अशोक गैह्रे ले आफ्नो जन्मदिन केक काटेर मनाउनुभन्दा ज्ञानको भण्डार गीता पुस्तक बाँडेर मनाउन पाउँदा खुशी व्यक्त गर्नुभएको तथा यस्तो अवसर प्रदान गरेकोमा Pioneers Higher Secondary School लाई धन्यवाद समेत व्यक्त गर्नुभएको छ।

प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  १९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update