Syangja Update Communication
तरकारी, फलफूल, खाद्यान्न बालीको उत्पादन प्रविधिका बारेमा अन्तरक्रिया


स्याङ्जा /वालिङ 
प्रगतिशिल तरकारी, फलपूmल तथा सुन्तला उत्पादक सहकारी भीरकोट ९ को आयोजनामा समुदायमा व्यवसायीक रुपमा तरकारी, फलफूल, खाद्यान्न बालीको उत्पादन प्रविधि सम्बन्धी अन्तरक्रिया गरिएको छ । कृषि आधुनिकीकरण कार्यान्वयन इकाई स्याङ्जा, कृषि विकास स्रोत केन्द्र वालिङ, र कृषि विकास केन्द्र स्याङ्जाको सहकार्यमा भीरकोट, ९ तथा वालिङ वडा नं १४ का करिब ६५ जना अगुवा कृषकलाई सुन्तला खेती तथा अकबरे खुर्सानी खेती प्रविधिका बारेमा बुधबार जानकारी दिईएको हो ।
कार्यक्रममा बोल्नुहुँदै राष्ट्रिय कृषि आधुनिकीकरण कार्यान्वयन इकाई स्याङ्जाका प्रमुख अजयराज अधिकारीले परम्परागत खेती प्रणालीलाई त्यागेर व्यावसायिकतातर्फ लाग्न कृषकहरूलाई आग्रह गर्नुभयो । सुन्तला र अकबरे खुर्सानी स्याङ्जाको पहिचान र आम्दानीको मुख्य स्रोत बन्न सक्ने भन्दै उहाँले कृषकहरूलाई रोग र कीराको व्यवस्थापनमा आधुनिक प्रविधि अपनाउन र माटोको परीक्षण गरी सन्तुलित मलखाद प्रयोग गर्न सुझाव दिनुभयो ।
यस्तै कृषि विकास स्रोत केन्द्र वालिङका प्रमुख सुदिप रेग्मी, कृषि विकास कार्यालय स्याङ्जाका अधिकृत अम्बादत्त विष्टले सुन्तला तथा अकबारे खुर्सानी खेतीको विषयमा जानकारी दिदै कृषकहरुले उत्पादन गर्नुभएका उत्पादित वस्तुको उचित मूल्य पाउनका लागि सहकारीमार्फत सामूहिक बजारीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
सहकारीले सुन्तला बगैँचालाई व्यवस्थित गर्दै विस्तार गर्ने  र अकबरे खुर्शानीको व्यवसायीक उत्पादनसंगै खाद्यान्न बालीको पनि उत्पादन वृद्धि गर्ने योजना थप अगाडी बढाएको सहकारीका अध्यक्ष प्रकाश न्यौपाने किरणले जानकारी दिनुभयो । कार्यक्रममा प्राविधिक सहयोग मेनुका बोहराले गर्नुभएको थियो । एक सय जना आवद्ध रहेको यस सहकारी विंस.२०६८ सालमा स्थापना भएको हो ।

प्रकाशित मिति: शनिबार, माघ ३, २०८२  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update