स्याङ्जा,
स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकामा अवस्थित अर्जुनचौपारिचिल्ड्रेन एकेडेमी विद्यालयको हलमा प्याब्सन स्याङ्जाको ३५औं स्थापना दिवस (द प्याब्सन दिवस) विभिन्न कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ।
PABSON स्याङ्जाले ३५औं प्याब्सन दिवस मनाइरहेको सन्दर्भमा आयोजित उक्त कार्यक्रममा शिक्षा क्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सन केन्द्र प्राग्य सल्लाहकार बुद्धि सागर त्रिपाठी रहनुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि त्रिपाठीले प्याब्सनले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्नुभयो। त्यसैगरी, पयाब्सनस्याङ्जाका बरिस्ठ उपाध्यक्ष याम प्रसाद डुम्रे 'अमृत' ले स्वागत मन्तव्य राख्दै संस्थाको इतिहास र उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो।
विशिष्ट अतिथिहरू र सहभागिहरुले
कार्यक्रममा शुभकामना मन्तव्य राख्नु भएको थियो। अन्य विशिष्ट व्यक्तित्वहरूमा:
* प्याब्सन केन्द्रिय सदस्य: होमकान्त गौतम
* प्याब्सनगण्डकी प्रदेश उपाध्यक्ष: लक्ष्मी प्रसाद बराल
*प्याब्सन स्याङ्जाका प्रमुख सल्लाहकार: मेघराज गैह्रे
कार्यक्रमको अध्यक्षता प्याब्सन स्याङ्जाका अध्यक्ष राजेन्द्र बहादुर गोदार को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन प्याब्सन स्याङ्जाका सचिव हरि प्रसाद अर्याल ले गर्नुभएको थियो। कार्यक्रमको समापन गर्दै प्याब्सन स्याङ्जाका उपाध्यक्ष तेजन रानाले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।

