Syangja Update Communication
नेपाल ट्राफिक प्रहरीको प्राथमिकतामा परिवर्तन: ओभरलोड सवारीलाई छाडेर खेतबारीमा निगरानी!


​ स्याङ्जा अपडेट :
​           नेपाल ट्राफिक प्रहरीले हालै आफ्नो निगरानीको क्षेत्र परिवर्तन गरेको पाइएको छ। मुलुकका प्रमुख सडक तथा नाकाहरूमा भार क्षमताभन्दा बढी (ओभरलोड) सामान बोकेका भारतीय नम्बर प्लेटका सवारी साधनहरू निर्बाध गुडिरहेको सर्वसाधारणले गुनासो गरिरहेका छन्।
​तर, आश्चर्यजनक रूपमा, प्रहरीले ती स्पष्ट नियम उल्लङ्घन गर्ने सवारी साधनहरूमाथि कारबाही गर्नुको सट्टा, अहिले ग्रामीण भेगका खेतबारी र गैर-सडक क्षेत्रहरूमा आफ्नो निगरानी ह्वात्तै बढाएको छ।
​ट्राफिक व्यवस्थापनका लागि मुख्य चुनौती बन्दै आएका ओभरलोड सवारीलाई बेवास्ता गरी खेत क्षेत्रमा प्रहरीको उपस्थिति बढ्नुलाई कतिपयले प्राथमिकताको विचलन र प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update