Syangja Update Communication
कतै घ्यू बोकेर सुत्केरी भेट्न सहकारी घरमा,कतै सहकारीको बचत रकम नपाएपछि भाटा लिएर बचतकर्ता सहकारीमा

    संवाददाता 

पछिल्ला दस बर्ष यता नेपालमा सहकारीहरु बारे विभिन्न सकारात्मक एवम् नकारात्मक टिप्पणीहरु चलिरहेका छन् । सहकारीहरुको कार्यशैली र कार्यक्रमहरु कमजोर आर्थिक अवस्था भएका नागरिकहरु विच बलियो सारथि जस्तो बनेका पनि छन् । गाउँ गाउँमा आधारभूत उधमी बनाएको छ भने स्थानीय स्तरमा वित्तीय बौद्धिकता र बैंकिङ चेतना समेत फैलाएको छ । गाउँ गाउँमा दुख,सुखमा भावनात्मक एकता समेत बढाएको छ । यस्तै स्याङ्जाको वालिङमा मुख्य कार्यलय रहेको अकला नमुना साना किसान कृषि सहकारी सस्थाले शेयर सदस्य सुत्केरी भएको बेला सदस्यलाई  घरमै पुगेर पौष्टिक तत्व र सुत्केरी प्रति भावनात्मक भाव पैदा गराउन  घ्यु उपहार प्रदान गरेकाे छ । सहकारीको  समूह २५५ का समूह प्रमुख  बिष्णु थापा  कुंवर लाइ  नयाँ  शिशु जन्माएको भन्दै उनलाई घ्यु लिएर घरमा पुगिएको हो । सहकारीहरुले नयाँ सदस्य जन्माउने बेलामा होस् वा शेयर सदस्यको मृत्यु हुदा होस्,भेटघाट गर्ने समवेदना व्यक्त गर्ने र सानो रकम भएपनि  किरिया खर्च दिने व्यवस्था गरिरहेका छन् । सहकारीका धेरै पक्षहरू राम्रो हुदाहुदै पनि कतिपय सहकारीले बचत रकम नदिने,सहकारी अस्तव्यस्त बनाएर डुबाउने समेत गरेका छन् । यस्तै सहकारीले सयौं मान्छेलाई  जेलको बास गराएको छ भने कतिपयको राजनीतिक एवम् सामाजिक जीवन समाप्त गराएको छ । स्याङ्जामा समेत कतिपय सहकारीले जनताको लाखौं रकम दुरुपयोग गराएर अलपत्र छाडेका छन् भने कतिपयले सहकारीको नाममा राजनीतिक संगठन बलियो बनाउने र चुनाव जित्ने अस्त्रको रुपमा प्रयोग गरेका छन् ।
साना किसान तथा सहकारीको नाममा कहिले साडी बाढ्ने,गाउँ गाउँमा महिलालाई एकजुट बनाउने र संगठन बलियो बनाउने,चुनाव जित्ने अनि बिर्सेने समस्या धेरै देखिएको छ ।
स्याङ्जाको वालिङ् समेत आधा दर्जन भन्दा बढी सहकारी ढोका लगाएर बसेका छन् भने बचतकर्ताको करोडौं रकम अलपत्र परेका छन् । कतिपय बन्द भएका सहकारीहरु अगुवा नेताहरूकै देखिन्छन् । यस विचमा अकला साना किसानको सिर्जनात्मक कार्यलाई भने सकारात्मक लिनुपर्छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  ०७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update