Syangja Update Communication
पूर्णामृत भवानी मा.वि. मा नव-प्रवेशी विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न


 स्याङ्जा जिल्ला  वालिङ नगरपालिका १०, फूलबारीमा रहेको श्री पूर्णामृत भवानी माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८२ का कक्षा ११ मा भर्ना भएका नव आगन्तुक  विद्यार्थीहरूलाई स्वागत तथा सम्मान गर्न एक कार्यक्रमको आयोजना गरिएको थियो । कक्षा १२ का विद्यार्थीहरूद्वारा आयोजित उक्त  कार्यक्रममा विद्यार्थीहरूलाई भविष्यको लागि प्रेरित गर्ने र विद्यालयको शैक्षिक वातावरणबारे जानकारी दिइएको थियो।
कक्षा १२ की छात्रा अनिशा शर्माको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख आतित्थेता  क्यालिफोर्निया विश्वविद्यालय सान फ्रान्सिस्को संयुक्त राज्य अमेरिकाका प्राकृतिक तथा व्यवहारिक विज्ञान विभागका निर्देशक डा. तारा सिक्देल गर्नु भयको थियो।  उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. तारा सिक्देल ले  विद्यार्थीहरूलाई आफूसँग भएको क्षमतालाई उजागर गर्दै पढाइसँगै सिप र उद्यमशील बन्न प्रेरित गर्नुभयो। उहाँले नेपालमा सञ्चालनमा ल्याइएको 'मिरि फाउन्डेसन' मार्फत वालिङको पूर्णामृत भवानी मा.वि. र कास्कीको भद्रकाली मा.वि. का विद्यार्थीहरूलाई ज्ञान, सिप र उद्यमशील बन्नका लागि लगानीको स्रोत समेत व्यवस्थापन गर्ने बताउनुभयो।
कार्यक्रममा नव प्रवेशि विधार्थि हरुलाइ स्वागत गर्दै विद्यालयका प्रधानाध्यापक दीपक लम्साल ले अनुशासन, लगनशीलता र दृढ सङ्कल्प  विद्यार्थीहरूको गहना भएको र यिनै गुणले व्यक्तिलाइ जुनसुकै कठिनाइ लाइ सहजै पार लगाइ सफलता प्राप्त गर्न सकिने विश्वास व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीहरूको सिकाइ कृयाकलापका लागि आफु र आफ्नो टिममा रहेको विद्यालय परिवार सधैँ तत्पर रहने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य यमकान्त खनालले विद्यालयको शैक्षिक र भौतिक अवस्थामा निकै ठूलो सुधार आएको र यसलाई भविष्यमा अझै बलियो बनाइने धारणा राख्नुभयो।
यसका साथै, विद्यालयका पूर्व प्रधानाध्यापक विष्णु अर्याल, सहायक प्रधानाध्यापक हरि पङ्गेनी, शिक्षकहरु शान्ता पाण्डे, प्रदीप बगाले, डिल्लीराम बगाले लगायतका वक्ताहरूले पनि नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै उनीहरूको सफल शैक्षिक यात्राको लागि शुभकामना व्यक्त गर्नुभयको थियो 
वालिङ-८ मा रहेको रेडपेपर पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रमको सञ्चालन कक्षा १२ की छात्रा दीक्षा पङ्गेनीले गर्नुभएको थियो।

प्रकाशित मिति: शनिबार, भदौ २१, २०८२  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update