Syangja Update Communication
वालिङ-हुवास सडकको दुर्दशाः २ महिना बन्द गरेर पनि, काम कछुवा गतिमा

दक्षिण पर्वतलाई जोड्ने लाइफलाइन मानिएको वालिङ-हुवास सडकखण्डको दुर्दशाले स्थानीय जनता मारमा परेका छन्। करिब दुई महिना बन्द गरेर पनि यो सडकको निर्माण कार्य तोकिएको समयमा पूरा नहुँदा स्थानीय बासिन्दाले ठूलो सास्ती खेपिरहेका छन्।

२०८२ असार मसान्तसम्ममा काम सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीले जिम्मेवारी लिएको भए पनि अहिले कामको प्रगति १०% पनि नभएको छ " पटक-पटक ताकेता गर्दा पनि ठेकेदारले कानमा तेल हालेर बसेको छ, काममा कुनै चासो देखाएको छैन।

प्रशासनको मौनता र ठेकेदारको अटेरी
सडक डिभिजन कार्यालय र ठेकेदारबीचको समन्वय अभावले गर्दा नै यो अवस्था आएको स्थानीयको गुनासो छ। सडक मर्मत र कालोपत्रेका लागि बन्द गरिएको भए पनि अहिले सडक पूरै अलपत्र अवस्थामा छ। वर्षाको समयमा हिलाम्मे र जोखिमपूर्ण बनेको सडकमा आवतजावत गर्न पनि मुस्किल भएको छ। बिरामी बोकेका एम्बुलेन्सलाई समेत गन्तव्यसम्म पुग्न घण्टौँ लाग्ने गरेको स्थानीयवासी बताउँछन्।

जनताको आक्रोश
दक्षिण पर्वतका जनताले दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत समस्या झेल्नुपरेको छ। सडक बन्द हुँदा सामानको मूल्य बढेको छ भने स्थानीय  निराश छन्। स्थानीयवासीहरूले प्रशासन र सडक डिभिजन कार्यालयले ठेकेदारमाथि तत्काल कारबाही गरी कामलाई तीव्रता दिनुपर्ने माग गरेका छन्। 

यो सडकखण्डको दुर्दशाले ठेकेदार कम्पनीको गैरजिम्मेवारीपन र सरोकारवाला निकायहरूको कमजोरीलाई स्पष्ट रूपमा देखाएको छ। यसले गर्दा विकास निर्माणका काममा सरकार र जनताबीचको विश्वास घट्दै गएको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  २३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update